काठमाडौं : नेपाल धितोपत्र बोर्डले पियोर इनर्जी लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । कम्पनीलाई बोर्डले शुक्रबार आईपीओ निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर निष्काशन गर्ने छ ।
कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ । जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन हुन लागेको हो । शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।
पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ । दुवै आयोजनाले २०८० सालदेखि नै व्यावसायिक उत्पादन गरिरहेका छन् ।