२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

हलेसी बजारको एक पसलमा आगलागी

hardik ivf
मध्यान्ह
२०८१ फागुन ४ गते २१:१०
हलेसी बजारको एक पसलमा आगलागी

खोटाङ : खोटाङको हलेसी बजारको एउटा पसलमा आगलागी भएको छ । हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा आगलागी भएको हो ।

खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको स्थानीय सयन्द्र राईले जानकारी दिए । उनका अनुसार स्थानीवासी र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् । 

पानी अभावले आगो निभाउन समस्या भएको आगलागी नियन्त्रणमा खटिएकाहरुले बताएका छन् । ग्यास सिलिन्डर पसलसमेत रहेको उक्त घरको आगो निभाउन नसक्दा बजारका अरु घरमा पनि फैलिनसक्ने खतरा सम्भावना देखिएको जनाइएको छ । 

आगलागी भएको घरमा हार्डवयर पसलसमेत भएकाले ठूलो क्षति हुने भएको देखिएको प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise