२०८२ साउन ३ गते शनिवार / Jul 19 , 2025 , Saturday
२०८२ साउन ३ गते शनिवार
Ads

राम्रो नदेख्ने र नलेख्ने गलत भाष्य रोकौं : अध्यक्ष बस्नेत

shivam cement
मध्यान्ह
२०८१ फागुन ४ गते २१:१५
राम्रो नदेख्ने र नलेख्ने गलत भाष्य रोकौं : अध्यक्ष बस्नेत

काठमाडौं : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राम्रो नदेख्ने र नलेख्ने प्रवृत्तिलाई सामाजिक सञ्जालको भाष्य बनाउन नहुने धारणा राखेका छन् । 

सामाजिक सञ्जालमा नेपाली संस्कार र संस्कृति विपरित गाली संस्कृति हुर्किएको भन्दै उनले तथ्यसहितका सृजनात्मक सामग्री हुनुपर्ने सुझाव दिएका छन् । 
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले भनेका छन्, ‘नभएका कुरा जोडजाड होइन, भएका तथ्यपरक, सृजनात्मक र आशाको सञ्चार जगाउने सामग्री सामाजिक सञ्जालमा राख्नु उपयुक्त हुन्छ ।’

सामाजिक सञ्जालमा नकारात्मकतालाई प्रसय दिन नहुनेतर्फ सजग हुनुपर्ने भन्दै अध्यक्ष बस्नेतले भनेका छन्, ‘गालीगलौज र अश्लील भाषा, हिंसा, द्वेश फैलाउने, मनमुटाव बढाउने, जातजाती, धर्म, रीतिरिवाज र संस्कृतिबीच फाटो ल्याउन खोज्ने, उक्साउन खोज्ने प्रवृत्ति फेसबुक, युट्युव, एक्स, टिकटकजस्ता सामाजिक सञ्जालमा भेटिँदा दुःख लाग्छ ।’ 

उनले नभएका कुरा गरेर आपसी फाटो ल्याउने, घृणास्पद शब्दसहितको गाली नेपाली संस्कार र संस्कृति भित्र नपर्ने तर्फ सजग गराउँदै आफ्नो संस्कृति आफै मिचेर बलवान नहुनेतर्फ सबैको ध्यानाकर्षण समेत गराएका छन् । 

पछिल्लो समय बेलुन दुर्घटना भइ जलनमा गरेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका विषयमा सामाजिक सञ्जालमा आएका कतिपय नकारात्मक सामग्रीप्रति लक्ष्य गर्दै अध्यक्ष बस्नेतले त्यसलाई असभ्य भनि टिप्पणी गरेका छन् । 

‘जलन दुर्घटना जस्तो संवेदनशील विषयमा समेत मानवीयताको ख्यालै नगरी आचार र तथ्यहीन टिकाटिप्पणी हुनु असभ्यताको पराकाष्ठा हो,’ उनले भनेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise