२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

बैंकमा बढ्न थाल्यो कर्जा प्रवाह

Nada
छबि सापकोटा
२०८१ फागुन ५ गते २०:४६
Shares
बैंकमा बढ्न थाल्यो कर्जा प्रवाह

काठमाडौं : अर्थतन्त्रमा सुचकमा सुधार देखिन थालेपछि वाणिज्य बैंककहरूको कर्जा प्रवाह समेत बढ्दै गएको छ । चालु आर्थिक वर्ष सुरु भएदेखि नै बैंकहरूबाट हुने कर्जा प्रवाह हरेक महिना बढीरहेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ । गत असार मसान्तसम्म ४५ खर्ब ७१ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह माघ मसान्तसम्म बढेर ४८ खर्ब २७ अर्ब रुपैयाँ पुगेको हो । यस्तै सो अवधिमा कर्जा प्रवाहसँगै वाणिज्य बैंकहरूको निक्षेप संकलन समेत बढेको छ । 

ncell

गत आर्थिक वर्षको अन्तिम महिना अर्थात् असार मसान्तसम्म बैंकहरूले कुल ५७ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए भने चालु आर्थिक वर्षको माघमसान्तसम्म यस्तो निक्षेप ५९ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । ७ महिनामा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले ४ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस्तै सो अवधिमा नबिल बैंकले ४ अर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले ३ खर्ब ५१ अर्ब, कुमारी बैंकले ३ खर्ब १ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ८३ अर्ब र हिमालयन बैंकले २ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको बैंकर संघले जनाएको छ । बैंकहरूको निक्षेप संकलन बढ्दै जाँदा कर्जा प्रवाह बढ्दो छ भने अर्काे तर्फ बैंकहरूले ब्याजदर समेत कम हुँदा लगानीकर्तामा कर्जा लिन सहज बन्दै गएको देखिन्छ ।

यस्तै २० वटा वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी) को औसत अनुपात ७९ दशमलव ३५ प्रतिशत रहेको छ । तर सबै भन्दा न्यूनतम सीडी रेसियो राष्ट्रिय वाणिज्य बैंकको ६३ दशमलव ९६ प्रतिशत रहेको छ । यस्तै बैंकर्स संघकाअनुसार अन्य वाणिज्य बैंक मध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६८.९७ प्रतिशत, नेपाल बैंकको ७३.६९ प्रतिशत, नेपाल एसबिआई बैंकको ७५.४९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७७.५६ प्रतिशत, प्रभु बैंकको ७५.८४ प्रतिशत, ग्लोबल आइएमई बैंकको ७८.७७ प्रतिशत र कृषि विकास बैंकको ७५.४३ प्रतिशत, सिटिजन्स बैंकको ८४.०१ प्रतिशत, एभरेष्ट बैंकको ८३.५१ प्रतिशत रहेको छ । 

यस्तै हिमालयन बैंकको ८२.७० प्रतिशत, कुमारी बैंकको ८१.८० प्रतिशत, लक्ष्मी सनराइजको ८०.८० प्रतिशत, माछापुच्छ्रेको ८३.६० प्रतिशत, नबिलको ८२.४४ प्रतिशत, एनआईसी एशियाको ८३.०७ प्रतिशत, एनएमबि बैंकको ८३.६२ प्रतिशत, प्राइम कमर्सियलको ८५.७७ प्रतिशत, सानिमाको ८०.९२ प्रतिशत र सिद्धार्थको ८५.०२ प्रतिशत सीडी रेसियो रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर