२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

मलेसिया रोजगारीको सिन्डिकेटविरुद्ध संघको व्यवसायी भेला सुरु

Nada
२०८२ कार्तिक १८ गते १५:१६
Shares
मलेसिया रोजगारीको सिन्डिकेटविरुद्ध संघको व्यवसायी भेला सुरु

काठमाडौं : मलेसियाको रोजगारीमा सिन्डिकेटविरुद्ध नेपाल वैदेशिक राेजगार व्यवसायी संघले हातमा कालोपट्टी बाँधेर 'नाे सिन्डिकेट' व्यानरसहित व्यवसायी भेला सुरु गरेको छ ।

ncell

अनुपम फुडल्यान्ड, बत्तीसपुतलीमा राखिएको व्यवसायी भेलामा वरिष्ठ व्यवसायी हेमबहादुर गुरुङ, नवराज केसी, संघका पूर्वअध्यक्ष तिलकबहादुर रानाभाट, राेहन गुरुङ, विमल ढकाल, प्रेमबहादुर कटुवाल, राजेन्द्र भण्डारी, सल्लाहकार हरिबहादुर पाण्डे क्षेत्री, नेपाल लाेकतान्त्रिक वैदेशिक राेजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापा, प्रगतिशील वैदेशिक राेजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल, वैदेशिक राेजगार व्यवसायी नेवा समाजका अध्यक्ष किसन प्रधान, वैदेशिक राेजगार व्यवसायी महिला संघकी उपाध्यक्ष तारा रेग्मी, व्यवसायी मदनकुमार महत, वैदेशिक राेजगार युवा व्यवसायी संघका अध्यक्ष सुमनराज पाण्डेलगायतको उपस्थिति रहेको छ ।

भेलामा पूर्वअध्यक्ष दिलप्रसाद पाेखरेल र नेपाल वैदेशिक राेजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसी, तराई मधेश वैदेशिक राेजगार समाजका अध्यक्ष नवल किशोर यादव पनि उपस्थित रहेका छन् ।

मलेसियाकाे विदेश मन्त्रालयले नेपाली राजदूतावासलाई पत्र पठाउँदै सूचीकरण हुन चाहने म्यानपावर कम्पनीले लाइसन्स लिएको कम्तीमा पाँच वर्ष र सो अवधिमा कम्तीमा तीन देशमा तीन हजार कामदार पठाएको, कामदार छनोट प्रक्रियालगायत कामका लागि कम्तीमा १० हजार वर्गफुट क्षेत्रफलमा कार्यालय भएको हुनुपर्नेलगायतका मापदण्ड ताेकेपछि व्यवसायी आन्दोलित भएका हुन् ।

सम्बन्धित खबर