
काठमाडौं : एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुजितकुमार शाक्य नियुक्त भएका छन् । सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले शाक्यलाई चार वर्षका लागि सिइओमा नियुक्त गरेको हो ।
शाक्य यसअघि नबिल बैंकमा डिसिइओ थिए । तीन दशक लामो अनुभव भएका शाक्यसँग ग्लोबल आइएमई बैंक, जनता बैंक, सिभिल बैंकलगायतमा काम गरेको अनुभव छ ।
एनआइसी एसिया बैंकबाट तत्कालीन सिइओ रोशनकुमार न्यौपानेले राजीनामा दिएसँगै सो पद रिक्त थियो । शाक्यले आगामी ३० दिनभित्र कार्यभार सम्हाल्नेछन् ।