
काठमाडौं : सिटिजन्स बैंकका ग्राहकले ललितपुरको जावलाखेलस्थित केल्मी सोरुममा सामग्री खरिदमा छुट पाउने भएका छन् । बैंक र सोरुमबीच भएको समझदारीअनुसार बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।
समझदारीअनुसार बैंकका डेबिट र क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले केल्मी सोरुम, जावलाखेलमा सामग्री खरिद गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
बैंकले यस सहकार्यबाट ग्राहक प्रत्यक्ष लाभान्वित हुने र नगद कारोबारभन्दा डिजिटल कारोबारतर्फ आकर्षित हुने विश्वास व्यक्त गरेको छ ।