२०८१ फागुन ११ गते आइतवार / Feb 23 , 2025 , Sunday
२०८१ फागुन ११ गते आइतवार
Ads

केयरगिभरमा छनोट भएका १३ जना उडे इजरायल

hardik ivf
मध्यान्ह
२०८१ फागुन ७ गते ०६:२०
केयरगिभरमा छनोट भएका १३ जना उडे इजरायल

काठमाडौं : इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा केयरगिभरमा छनोट भएका १ हजारमध्ये १३ जना त्यसतर्फ उडेका छन् । १ वर्षअघि प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि नेपाल सरकारले इजरायल जाने नेपाली कामदारको प्रक्रिया रोकेको थियो ।

इजरायल जान २ हजार ११२ जना नेपाली श्रमिक छनोट भएका थिए । त्यसमा १ हजार १५६ महिला र ९५६ जना पुरुष छन् । 

वैदेशिक रोजगार विभागले सोमबार पहिलो चरणमा १३ जनाको उडान भएको र छनोटमा परेका अन्य पनि क्रमशः जाने बताएको छ । करार अवधि ५ वर्षसम्म हुने र मासिक तलब करिब २ लाख २० हजार रुपैयाँ हाराहारी हुने भएकाले इजरायलको रोजगारीमा नेपाली आकर्षण उच्च छ । सोही आकर्षणका कारण अघिकाश युद्धका समयमा समेत नेपाल फर्किएनन् । 

इजरायलले नेपालसहित थाइल्यान्ड, फिलिपिन्स, चीन, भारत र श्रीलंकाबाट कामदार लगिरहेको छ । श्रीलंका र भारतबाट कृषिका लागि कामदार गएका छन् । गत भदौमै इजरायलले भारतबाट ५ हजार केयरगिभरसहित १५ हजार श्रमिक लैजाने प्रक्रिया अगाडि बढाएको थियो ।

नेपालले भने युद्वका कारण असुरक्षा बढेको भन्दै पठाउन लामो समय रोकेर गत ९ कात्तिकमा इजरायल रोजगारी खुल्ला गरेको हो ।

इजरायलमा हमासको लडाकुको आक्रमणमा १० नेपालीको मृत्यु भएको थियो भने हमासको अपहरणमा परेका विपीन जोशीको अवस्था अझैसम्म अज्ञात छ ।

ADV

सम्बन्धित खबर

Advertise