२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वीरगञ्जमा पनि मनाइयो राष्ट्रिय धान दिवस, उत्कृष्ट कृषकहरूलाई सम्मान 

ADV
महमद सदाब
२०८१ असार १५ गते १५:३३
वीरगञ्जमा पनि मनाइयो राष्ट्रिय धान दिवस, उत्कृष्ट कृषकहरूलाई सम्मान 

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले २१औं राष्ट्रिय धान दिवस भव्यताका साथ मनाएको छ । महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले धान रोपेर धान दिवस कार्यक्रमको उद्घाटन गरेका थिए । 

वीरगञ्ज महानगरपालिकाअन्तर्गत रहेको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन शाखाले २१औं राष्ट्रिय 'धान दिवस' कार्यक्रमको आयोजना गरेको थियो । 'धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि' भन्ने नाराका साथ धान रोप्ने कार्यक्रम सम्पन्न भएको छ । 

वीरगञ्ज महानगरपालिकाका उपप्रमुख एवम् कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धनका संयोजक इम्तियाज आलमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट कृषकहरूलाई प्रमाणपत्रसहित सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा बोल्दै उपप्रमुख आलमले भने, 'हाम्रो देश नेपाल कृषि प्रधान देश हो । धान दिवस कृषकहरूको उत्साहको पर्व हो । आज मलाई गर्व महसुस भइरहेको छ कि म पनि धान रोपेर यो पर्व मनाउँदै छु ।' उनले बाल्यकालको स्मरण गर्दै किसानको छोरो हुनुमा गर्व लाग्ने बताए । 

वीरगञ्ज महानगरपालिका वडा नम्वर २७ का वडा अध्यक्ष हृदयनारायण कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, विभिन्न शाखा प्रमुखहरू हरि शंकर राउत कुर्मी, रुपनारायण कुर्मी, प्रतिज्ञा बैध, सुनिल कर्ण, राम कुमार कुशवाहा, रोशनी यादवलगायत स्थानीयहरूको सहभागिता रहेको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise