२०८१ फागुन ९ गते शुक्रवार / Feb 21 , 2025 , Friday
२०८१ फागुन ९ गते शुक्रवार
Ads

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को पोर्चुगल अडिसनबाट ८ जना छनोट 

hardik ivf
भरत प्रधान
२०८१ फागुन ८ गते १३:३१
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को पोर्चुगल अडिसनबाट ८ जना छनोट 

लिस्बनः सर्वाधिक धन राशिको विश्वस्तरीय नेपाली गायन र नृत्यको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को दोस्रो संस्करणका लागि पोर्चुगल अडिसनबाट ८  प्रतियोगी छनोट भएका छन् ।

इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले राजधानी लिस्बनमा गरेको अडिसनबाट ‘मेरो भ्वाइस युनिभर्स’तर्फ ५ र ‘मेरो डान्स युनिभर्स’तर्फ ३ जना प्रतियोगी अर्को चरणका लागि छनोट भएका हुन् । 

पोर्चुगलमा पहिलो पटक भएको अडिसनमा युरोपका विभिन्न मुलुकका गरी गायनतर्फ ३२ जना र नृत्यतर्फ १६ जना प्रतियोगीले भाग लिएको फाउन्डेसनका पोर्चुगल संयोजक दीपेश विष्टले जानकारी दिए । 

छनोट भएका प्रतियोगीहरूलाई अर्को चरणका लागि फाउन्डेसनले आफ्नै खर्चमा काठमाडौं लैजाने विष्टले बताए । अडिसनमा निर्णायकको भूमिकामा गायनतर्फ गायक तथा संगीतकार केशव पौडेल र गायक अर्जुन सोनाम थिए भने नृत्यतर्फ नृत्य निर्देशक रूपेश उप्रेती र नृत्यांगना देवी गर्बुजामगर थिए ।

विश्वभर छरिएर रहेका नेपाली प्रतिभाका कलाकारहरूबीच प्रतिस्पर्धा गराइने दुवै शोका विजेताले १÷१ करोड रुपैयाँ, उपविजेताले २५÷२५ लाख र तेस्रो हुनेले १०÷१० लाख रुपैयाँ पुरस्कार पाउने छन् । 

विश्वभर छरिएर रहेका नेपाली समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरूको पहिचान गर्न र नेपाली भाषा, कला र संस्कृतिक‍ो संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने अभियानका साथ विश्वस्तरीय रियालिटी शोको आयोजना गरिएको फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले बताए ।

नेपाली भाषा, कला र संस्कृतिको विश्वव्यापी प्रवद्र्धन गर्ने यो अभियानले प्रतिभाशाली नेपालीहरूलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने भट्टराईको भनाइ छ । अमेरिका, क्यानडा, बेलायत र पोर्चुगलमा सम्पन्न भएको अडिसन अन्य मुलुकहरू थाइल्यान्ड, हङकङ, जापान, दुबई, कतार, अस्ट्रेलिया र भारतमा अडिसनको तयारी भइरहेको संस्थाले जनाएको छ । 

यस्तै, नेपालमा बिर्तामोड, नेपालगन्ज, पोखरा र काठमाडौंमा अडिसन हुने छ । विश्वभरबाट अडिसनमा छनोट हुने गायनतर्फ र नृत्यतर्फ १२०/१२० गरी कुल २४० जना प्रतियोगीलाई फाउन्डेसनले अर्को चरणका लागि काठमाडौं लैजाने छ ।

ADV

सम्बन्धित खबर

Advertise