काठमाडौंः चालू आर्थिक वर्ष २०८१/८२ को ७ महिना (साउन–माघ) मा आइपुग्दा निर्यात बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्म १ खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपैयाँ बराबरको वस्तु नेपालबाट निर्यात भएको छ । जसमा माघमा मात्रै २८ अर्ब ४१ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
यो गत आवको सात महिनाको तुलनामा ४६.५० प्रतिशतले धेरै हो। गत वर्षको सोही अवधिमा ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो। पुस मसान्तसम्म निर्यात ९८ अर्ब ७८ करोड रहेको थियाे भने माघमा २८ अर्ब ४१ करोड ५५ लाख रुपैयाँले बढेर १ खर्ब २७ अर्ब रुपैयाँ पुगको हो।
यस्तै, माघसम्ममा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो गत आवको सात महिनाको तुलनामा १०.०९ प्रतिशत बढी हो। गत आवको माघसम्म ८ अर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यो सात महिनामा कुल वैदेशिक व्यापार बढेर ११ खर्ब माथि पुगेको छ । यस वर्ष कुल वैदेशिक व्यापारमा आयातको हिस्सा २.८३ प्रतिशतले कम हुँदा निर्यातको हिस्सा २९.३० प्रतिशतले बढेको छ ।