२०८१ फागुन १० गते शनिवार / Feb 22 , 2025 , Saturday
२०८१ फागुन १० गते शनिवार
Ads

वीरगञ्ज भन्सारबाट ९४ अर्ब ५२ करोड राजस्व संकलन

hardik ivf
मध्यान्ह
२०८१ फागुन ९ गते १०:५२
वीरगञ्ज भन्सारबाट ९४ अर्ब ५२ करोड राजस्व संकलन

पर्सा : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार राजस्व संकलन गरेको छ । यो गत आवको सोही अवधिमा संकलित रकममा रु सात अर्ब ९५ करोडले बढी हो । 

उक्त कार्यालयले उक्त अवधिमा रु एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन पनि बढेको हो । “दुई महिनायतादेखि राजस्व असुलीमा वृद्धि भइरहेको छ”, उनले भने । 

गत साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड र असोजमा रु १३ अर्ब ४७ करोड राजस्व असुली भएको थियो । यो कार्यालयलाई चालु आवमा रु दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व संकलन गर्न सरकारले निर्देशन दिएको छ ।  

ADV

सम्बन्धित खबर

Advertise