२०८१ फागुन ११ गते आइतवार / Feb 23 , 2025 , Sunday
२०८१ फागुन ११ गते आइतवार
Ads

विदेश पठाइदिन्छु भन्दै ठग्ने २ पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ फागुन ९ गते २१:४६
विदेश पठाइदिन्छु भन्दै ठग्ने २ पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि यूएई र चेक रिपब्लिक पठाइदिन्छु भनी ठगी गरेको आरोपमा २ व्यक्ति पक्राउ परेका छन् । रोजगारीका लागि यूएई लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएको भनी पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले सिन्धुपाल्चोक साँगाचोकगढी– १ का दीपेश श्रेष्ठलाई पक्राउ गरेको हो । 

उनले १ जनालाई यूएईमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ४ लाख लिएको उजुरी परेको प्रहरीले बताएको छ । श्रेष्ठ  काठमाडौं जिल्ला कागेश्वरी मनोहरा– ९ बाट पक्राउ परेका हुन् ।

त्यसैगरी प्रहरीले आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका– ५ घर भई काठमाडौं महानगरपालिका– ७ बस्ने २७ वर्षीय डाइमन्ड सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरेको छ । 

डाइमन्डले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३८ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका– ७ बाट पक्राउ गरेको हो । 

उनीहरू दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।

ADV

सम्बन्धित खबर

Advertise