२०८१ फागुन १२ गते सोमवार / Feb 24 , 2025 , Monday
२०८१ फागुन १२ गते सोमवार
Ads

रमजान १ मार्चदेखि मनाइँदै

hardik ivf
२०८१ फागुन ११ गते ०६:५५
रमजान १ मार्चदेखि मनाइँदै

काठमाडौं : यस वर्षको रमजान पर्व १ मार्चदेखि सुरु हुने भएको छ । कतिपय मुलुकमा २८ फेब्रुअरीदेखि नै रमजान पर्वको व्रत सुरु हुने बताइएको छ । रमजानको समाप्ति १ महिनापछि नयाँ चन्द्रमा देखिएपछि हुने छ । 

ठूलो संख्यामा नेपाली कामदार वैदेशिक रोजगारीमा जाने खाडीका प्रायः सबै मुलुकमा कठोर व्रत गरी यो पर्व मनाइने भएकाले आर्थिक गतिविधिमा शिथिलता उत्पन्न हुने गर्छ । रोजगारदाताहरूले साप्ताहिक र दैनिक कार्यघण्टा घटाउने भएकाले यस अवधिमा नगन्य मात्रामा विदेशी कामदारको माग हुने भएकाले नेपालको वैदेशिक रोजगार क्षेत्रमा पनि प्रभाव पर्ने गरेकोे वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।

कतिपयले रोजगारदाताले रमजानपछि कामदार पठाउन नेपाली म्यानपावर कम्पनीहरूलाई जानकारी पठाइसकेको पनि व्यवसायीहरूको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise