काठमाडौं : नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले बीवाईडी हाई–टेक विक २०२५ गर्ने भएको छ । कम्पनीले सो वीक काठमाडौंको द एभरेस्ट होटलमा फागुन १५ देखि १८ सम्म आयोजना गर्ने भएको हो । सो इभेन्ट न्यू इनर्जी भेइकल्स (एनइभिज) र सस्टेनेबल इन्नोभेसनसँग साक्षात्कार हुने एक महत्वपूर्ण अवसर हुने कम्पनीले जनाएको छ ।
कम्पनीकाअनुसार बीवाईडी हाई–टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता, प्रविधि उत्साही र सामान्य व्यक्ति सबैका लागि पुग्नैपर्ने स्थल हुनेछ । बीवाईडी हाई–टेक विक २०२५ ले जनचेतना प्रदान गर्ने, इनोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको छ ।
साथै, कम्पनीकाअनुसार अटोमोटिभ उत्साही, प्रविधि अन्वेषक र ग्रीन इनर्जी एड्भोकेटलगायत सबैका लागि सो इभेन्टले एक अनुपम अवसर प्रदान गर्नेछ, जहाँ मोबिलिटीको भविष्य बारेमा अध्ययन अन्वेषण गर्न सकिनेछ ।
बीवाईडी हाई–टेक विक २०२५ का लागि टिकट ई–सेवामा उपलब्ध रहेको कम्पनीले जनाएको छ । विद्यार्थीलाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको सुविधा उपलब्ध हुने कम्पनीले बताएको छ ।