२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

टोटल केयर एनुअल सर्भिस पार्टनर्स मीट सम्पन्न

Nada
२०८१ फागुन १२ गते २०:५६
Shares
टोटल केयर एनुअल सर्भिस पार्टनर्स मीट सम्पन्न

चितवन : फोटोन नेपालले नेपालभरिबाट लगभग १७ वटा सर्भिस नेटवर्क पार्टनरहरूको सहभागितामा  टोटल केयर वार्षिक सर्भिस पार्टनर बैठक सम्पन्न गरेको छ । रेजेन्टा रिसोर्ट तथा स्पामा सम्पन्न कार्यक्रमले फोटोनको भरपर्दो र कुशल ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्न प्रभावकारी आफ्टर सेल्स सर्भिसको निरन्तरता, कार्यसम्पादनको समीक्षा र भविष्यमा सुधारहरूको लागि तयारी गर्ने बारेमा विस्तृत रूपमा छलफल गरेको थियो ।

ncell

उक्त भेलाले फोटोनलाई आफ्टर सेल्स सर्भिसमा गत वर्षको कार्यसम्पादन मूल्यांकन गर्न एक रणनीतिक प्लेटफर्म प्रदान गर्दै भविष्यमा गर्न सकिने सुधारहरू पहिल्याउन समेत सघाएको थियो । यी मध्ये रेस्पोन्स समयको गति र सेवा दक्षतामा सुधारसँगै ग्राहक सन्तुष्टि बढाउनेलगायतका विषयहरू थिए । योसँगै नेपालभरि फोटोन सेवाहरू प्राप्त गर्ने ग्राहकहरूका लागि पहुँच र सुविधा बढाउने उद्देश्यले सेवा नेटवर्क विस्तार योजना पनि प्रस्तुत गरिएको थियो ।

प्रत्यक्ष रूपमा संलग्न सर्भिस पार्टनरहरूले कार्यशाला सञ्चालन, नयाँ सेवा प्रविधिहरू र सेवामा उत्कृष्टता बढाउने उत्तम अभ्यासहरू अवलम्बन गर्ने बारेमा महत्वपूर्ण छलफल गरेका थिए । फोटोन नेपालले सेवा सुविधाहरूको स्तरोन्नति, प्राविधिकहरूका लागि उन्नत प्रशिक्षणर सेवा ट्रयाकिङ एवम् ग्राहक संलग्नता सुधार गर्न बलियो डिजिटल समाधानहरूको लागि रणनीतिक पहलहरू व्यक्त गरेर ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धताको बारेमा विस्तृत रूपमा वर्णन गरेको थियो ।

सर्भिस पार्टनरहरूले आफ्टर सेल्स सर्भिसहरूको उत्कृष्टता प्रतिको प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो । फोटोन नेपालले सेवा साझेदारहरूको बहुमूल्य योगदान र सन्तुलित साझेदारी दृष्टिकोणका साथमा उनीहरूसँगको सहकार्यमा साकार भएका प्रयासहरूको लागि प्रशंसा गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर