काठमाडौं : विश्व प्रसिद्ध आइसक्रिम ब्राण्ड बास्किन रोबिन्सले आफ्नो ३४औँ शाखा काठमाडौंको वसन्तपुरमा रूपमा सञ्चालनमा ल्याएको छ । नेपालमा बास्किन रोबिन्सको आधिकारिक आयातकर्ता तथा वितरक सन इन्टरनेशनल इन्कर्पोरेटेड प्रालिद्वारा सञ्चालित यो शाखा प्रतिष्ठित पद्मज्योति ग्रुप नेपालले सञ्चालनमा ल्याएको हो ।
वसन्तपुर शाखामा बास्किन रोबिन्सका प्रसिद्ध ३१ फ्लेबर र प्रिमियम आइसक्रिम केकहरू पाइने जनाइएको छ । शाखाको औपचारिक उद्घाटन कार्यक्रममा प्रख्यात नेपाली इनफ्लुएन्सरहरू र नेपालको लागि अमेरिकी राजदूत डीनआर थम्पसन लगायत सहभागी भएका थिए ।