२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो हुँदै

draupadi film
मध्यान्ह
२०८१ फागुन १२ गते २०:५८
नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो हुँदै

काठमाडौं : नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो हुने भएको छ । यही फागुन १५ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा ८औँ संस्करणको नेपालमा चिकित्सा तथा प्रयोगशाला क्षेत्रको सबैभन्दा ठूलो बि टु बी एक्स्पो हुने भएको हो ।  एक्स्पोमा चिकित्सा तथा डायग्नोस्टिक क्षेत्रमा विश्वभरबाट नयाँ उत्पादनहरू र प्रविधिहरूको प्रदर्शन हुने आयोजकले जनाएको छ । 

एक्स्पोमा भारत, नेपाल, बंगलादेश, सिंगापुर, मलेसिया, चीन, जर्मनी, पाकिस्तान लगायतका देशहरूबाट आपूर्तिकर्ताहरूको सहभागिता रहने छ । गतवर्षको एक्स्पोमा ५ वटा देशहरू तथा नेपालभरका चिकित्सा समुदायहरू गरी ९ हजार भन्दा आगन्तुकहरू र १५ भन्दा बढी देशहरूबाट ५ सय भन्दा ब्रान्ड तथा उत्पादकहरूको सहभागिता रहेको थियो । अहिले हुने एक्स्पोमा ब्राण्ड र आगन्तुक दुवैको सहभागिता बढ्ने आयोजकले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise