काठमाडौं : टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक एलएलएम समावेश गरेको छ । टेक्नो फोनलाई थप बुद्धिमान, द्रुत र प्रभावकारी बनाउन नवीनतम प्रविधि जोडिएको हो ।
कम्पनीकाअनुसार डीपसीक एलएलएम प्रविधिले भ्वाइस कमाण्ड, स्मार्ट क्यामेरा, द्रुत अनुवाद र अन्य उपयोगी एआई टुल्सलाई थप सहज र उन्नत बनाएको छ । जसले गर्दा प्रयोगकर्ताहरूले आफ्नो दैनिक कार्यहरू छिटो र सरल रूपमा गर्न सक्ने कम्पनीको दाबी छ ।
किफायती मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउँदै आएको टेक्नोले ठूला डिस्प्ले, शक्तिशाली क्यामेरा र ब्याट्रीको आयु जस्ता सुविधाहरूको बढाउँदै आएको छ । डीपसीक एलएलएम समावेशसँगै टेक्नोले एआई इनोभेसनमा नयाँ बेन्चमार्क सेट गर्दै नेपालभरका प्रयोगकर्ताहरूलाई थप स्मार्ट र सहज प्रविधि अनुभव गराउने लक्ष्य लिएको जनाइएको छ ।