२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

बिहेको खर्च जोगाएर विद्यालयमा अक्षयकोष स्थापना  

hardik ivf
मध्यान्ह
२०८१ फागुन १३ गते ११:४३
बिहेको खर्च जोगाएर विद्यालयमा अक्षयकोष स्थापना  

काठमाडौंः नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका उपाध्यक्ष धर्मलाल गिरी र केन्द्रीय सदस्य इ. रचना सापकाटो विवाह बन्धनमा बाधिएका छन् ।  उनीहरुले गत फागुन ८ गते नेकपा एमाले केन्द्रीय कार्यालयमा पार्टि अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई प्रमुख अतिथि बनाउँदै प्रगतिशिल विवाह गरेका हुन् ।
 
गिरीले विहेमा अनावश्य खर्च गरेर पछि आफैलाई ऋणको भारी बोक्नु भन्दा सामान्य खर्चमा बिहे गरेको र बिहेमा बचेको पैसा सामाजिक कामको लागि अक्षयकोषको स्थापना गरेको बताए ।

यसैबीच गिरीले प्युठान नारिकोट स्थित श्री अमृत जीवन माध्यमिक विद्यालयमा रु १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोषको स्थापना गरेका छन् । सो विद्यालयबाट गिरीले विद्यालय स्तरीय शिक्षा हासिल गरेका थिए । उक्त अक्षयकोषबाट प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने बताए ।
 

ADV

सम्बन्धित खबर

Advertise