२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

३१ विधामा अवार्ड प्रदान गर्दै १३औं नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

draupadi film
मध्यान्ह
२०८१ फागुन १३ गते १२:३४
३१ विधामा अवार्ड प्रदान गर्दै १३औं नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

काठमाडौं : शुक्रबारबाट सुरु भएको १३औं नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५ ३१ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ । महोत्सव काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवं चलचित्र विकास बोर्डको सहआयोजनामा सम्पन्न भएको हो ।

महोत्सवमा ३ दिनसम्म चलचित्र प्रदर्शन गरेर उत्कृष्ट चलचित्र एवं चलचित्रकर्मीलाई पुरस्कृत गरिएको हो । महोत्सवमा नेपालसहित १७ देशका ४९ वटा चलचित्र सहभागी थिए ।

महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रको सभापतित्व र संस्कृति पर्यटन तथा नागरिक उड्ड्यान मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा समापन समारोहमा स्वदेशी तथा विदेशी विजेतालाई अवार्ड प्रदान गरियो ।

महोत्सवमा सर्वोत्कृष्ट अफ्रिकन चलचित्रको अवार्ड दक्षिण अफ्रिकाबाट गुड मोदर तथा अफ्रिकन वृत्तचित्रको अवार्ड क्यामरुनको वृत्तचित्र जायदले पायो । अन्तर्राष्ट्रिय वृत्तचित्रको अवार्ड भारतबाट देवेन्द्र जादव निर्देशित वृत्तचित्र लोनी ट्युन्स, अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड बंगलादेशको चलचित्र सौदा, अन्तर्राष्ट्रिय लघु चलचित्रको स्पेसल मेनसन अवार्ड बेलायतको लघु चलचित्र जेन्ट पपेट्स फर डिग्निफाइड मिन्सुरेसन्स र अन्तर्राष्ट्रिय जुरी अवार्ड अर्जेन्टिनाको लघु वृत्तचित्र द टेम्पल अफ इटर्नल साउन्डले जित्यो । अन्तर्राष्ट्रिय विधातर्फको निर्णायकमा दक्षिण अफ्रिकाबाट क्याथेरिन सोफियानोज, भारतबाट अंकित बाघ्छी, बंगलादेशबाट साहदत्त रुसेल र नेपालबाट निर्माता निर्देशक अभिनेत्री रोशनी केसी रहेका थिए ।

महोत्सवमा नेपालबाट ३० वटा चलचित्र सहभागीमध्ये ७ वटा कथानक चलचित्र थिए । जसमा सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रको अवार्ड 'छक्का पन्जा ५', यही चलचित्रबाट निर्देशकको जुरी अवार्ड दिपाश्री निरौला र सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड केदार प्रसाद घिमिरेले पाए । सर्वोत्कृष्ट निर्देशकको अवार्ड चलचित्र तेल भिसाबाट शंकर घिमिरेले हासिल गरे भने तेल भिसाबाटै सर्वोत्कृष्ट अभिनेताको अवार्ड विपिन कार्की र सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड ऋचा घिमिरेले हासिल गरिन् ।

चलचित्रतर्फ स्पेसल मेनसन अवार्ड चलचित्र द्रौपदीबाट ऋषिराज आचार्यले, तर्फ जुरी अवार्ड द्रौपदीबाटै अभिनेत्री अश्विनी शाहीले, उत्कृष्ट नायिकाको अवार्ड चलचित्र ऐँचो पैँचोबाट वर्षा राउतले र ऐँचो पैँचोबाटै कृषा चौलागाईँले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड हासिल गरे । नव अभिनेत्रीको अवार्ड चलचित्र संकल्पबाट अनुष्का बुढाथोकीले पाइन भने संगीतकारको अवार्ड चलचित्र लन्डन टु पेरिसको खुला आकाश गीतबाट संगीतकार हर्कुलेस बस्नेतले प्राप्त गरे । कथानक चलचित्रको निर्णायकमा चलचित्र निर्देशक मिलन चाम्स, पत्रकार रघुनाथ सापकोटा र गायिका शोभा पाण्डे थिए ।

यस्तै राष्ट्रिय विधामा उत्कृष्ट लघु चलचित्रको अवार्ड द ट्री म्यानबाट सन्तोष सुवेदी, लघु चलचित्रतर्फ नै उत्कृष्ट अभिनयको अवार्ड नो स्मोकिङ प्लिजबाट कृपा प्याकुरेल र स्पेसल मेन्सन अवार्ड नो स्मोकिङ प्लिजबाटै भूपेन्द्र कुमार खड्काले प्राप्त गरे । म्युजिकल लघु चलचित्र र निर्देशकको अवार्ड गीति चलचित्र तिमी आँसु रहेछौबाट सोनम पाख्रिन, सर्वोत्कृष्ट सांगीतिक चलचित्र अभिनेताको अवार्ड भुल्नै गारो भो बाट सनम कठायतले, सांगीतिक लघु चलचित्रमै सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पनि यही गीतबाट पवित्र शाँकी (मिस पबी), सर्वोत्कृष्ट सांगीतिक चलचित्र गायकको अवार्डसँगै जुनी काटम्लाबाट  हेमन्त शिशिर र सांगीतिक लघु चलचित्र डान्स कोरियोग्राफरको अवार्ड थिंक अबाउट युबाट रविता मगरले हासिल गरिन् ।

सर्वोत्कृष्ट वृत्तचित्र र निर्देशकको अवार्ड डिजाइन्ड टु डिसापेयरबाट शिव पुरीले हासिल गरे । डिजाइन्ड टु डिसापेयरबाटै शिव पुरीले सर्वोत्कृष्ट सम्पादकको अवार्ड पनि चुमे । राष्ट्रिय आदिवासी चलचित्रको अवार्ड सागर केरुङ निर्देशित चलचित्र के २ ले, लघु विधार्थी चलचित्रको अवार्ड द स्कुल वालबाट मोहन अभिलाषीले पाए । यो समूहको निर्णायकमा अभिनेता मोडल सागर लम्साल क्षत्री, भिडियो सम्पादक रविन बिक, गायिका सुजता केसी र गायक रुद्र शेखर शर्मा थिए । यस्तै यो वर्षको चलचित्र पत्रकार पुरस्कार लेन्स नेपालका पत्रकार विष्णु प्रसाद सुवेदीले प्राप्त गरे ।

समारोहका अतिथिहरू श्रीलंकाका लागि नेपाली राजदूत डा. पूर्ण नेपाली, राष्ट्रिय सभाका सदस्यद्वय जगप्रसाद शर्मा, सिता बौडेल, अन्तर्राष्ट्रिय पत्रकार महासंघका अध्यक्ष रामप्रसाद खनाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष कृष्ण मल्ल, रवीन्द्र खड्का, जेआईजेडका प्रोग्राम म्यानेजर डा. बर्नड अल्पटलगायतले अवार्ड वितेज चलचित्रकर्मीलाई विशेष सम्मान गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise