२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को कतार अडिसन सम्पन्न

hardik ivf
तिलु शर्मा पौडेल
२०८१ फागुन १३ गते १२:४३
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को कतार अडिसन सम्पन्न

दोहा, कतार : कतारमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन–२ को अडिसन सम्पन्न भएको छ । इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा शुक्रबार आइडियल इन्डियन स्कुल अबुहामुरमा सम्पन्न भएको अडिसनमार्फत भ्वाइसतर्फ सहभागी ६० जनामध्ये जुनु प्रसाईँ, इशान रेग्मी, रामहरि बिक (संगीत बिक), विकास थापा र उमेश वाइबा उत्कृष्ट ५ मा पर्न सफल भएका छन् ।

मेरो डान्स युनिभर्सतर्फ सहभागी ११ जनामध्ये उत्कृष्ट ५ मा शान्ति वली, कोसेली रोका मगर, सुमिता तामाङ, सुस्मिता रोका मगर र अञ्जलि परियार (सुधा) छनोट भएको आयोजकले जानकारी दिएका छन् । भ्वाइसका लागि गायक डम्बर नेपाली र वीरेन्द्र श्रेष्ठ निर्णायक रहेका थिए भने डान्सका लागि चर्चित कोरियोग्राफर तथा नृत्य निर्देशक शंकर वि.सी र भबिन तामाङ निर्णायकका रूपमा रहेका थिए ।

विश्वभरबाट अडिसनमा छनोट हुने गायनतर्फका १२० प्रतिभा र नृत्यतर्फका १२० गरी कुल २४० जना प्रतिभालाई फाउन्डेसनले अर्को चरणका लागि काठमाण्डौं लैजाने छ । छनोट भएका प्रतिस्पर्धीहरूले आगामी २ राउन्डका लागि गीतको गायन रियाज र नृत्यको क्रोरियोग्राफी आफैंले गर्नुपर्ने जानकारी अडिसनमा गराइयो ।

काठमाडौंमा हुने अर्को चरण प्रत्येक विधाबाट ६० जना मात्र छानिने र त्यसपछिको अर्को चरणमार्फत ३५ जना  छनोट गरिने निर्णायक बिसीले जानकारी दिए । उनले क्रमशः उत्कृष्ट २५, उत्कृष्ट २० हुँदै क्रमशः उत्कृष्ट १० मा पुग्ने बताए । उत्कृष्ट २५ मा पुगेका प्रतिभाहरूलाई आयोजकले कोच कोरियोग्राफर दिने बताउँदै बिसीले उत्कृष्ट १० बाट बाहिरिने प्रत्येक प्रतिस्पर्धीले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने जानकारी दिए ।

दुबै शोका विजेताले १-१ करोड, उपविजेताले २५-२५ लाख र तेस्रो हुनेले १०-१० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । कतारको अडिसनलाई फाउन्डेसनका बोर्ड अफ डाइरेक्टर रोशन बिस्टले निर्देशन गरेका थिए भने कार्यक्रम संयोजक शिवराम ढकालले सहजीकरण गरेका थिए । गणेश बराल मगरको टिमले छायांकन गरेको अडिसनमा प्रकाश दर्नाल शीतल, सन्तोष केसी सहितको टिमले स्टिल फोटोग्राफीको जिम्मेवारी समाहालेका थिए भने फिटनेस टिम नेपाल कतारले व्यवस्थापन र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (कतार शाखा)ले सचिवालयको जिम्मेवारी सम्हालेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise