२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

‘स्वास्थ्यको गुणस्तरमा सम्झौता हुँदैन’

hardik ivf
मध्यान्ह
२०८१ फागुन १३ गते १६:४४
‘स्वास्थ्यको गुणस्तरमा सम्झौता हुँदैन’

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्यको गुणस्तरमा सम्झौता नगर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल मेडिकल कलेजको २५ औं वार्षिकोत्सव समारोहमा उनले उपचार पद्धतीमा गुणस्तरको कुरा आउन नहुने भन्दै गुणस्तरियतामा सम्झौता नहुने गरी यसको क्षमता जति छ त्यति जनशक्ति उत्पादन गर्ने स्वीकृति दिनुपर्ने बताए । 

उनले भने, ‘खासगरी स्वास्थ्यमा गुणस्तरियता भन्ने शब्द प्रयोग गर्नै नपर्ने हो । स्वास्थ्य गुणस्तरहीन हुनै सक्दैन । हामी गुणस्तरिय औषधी भन्छौ, गुणस्तरहीन औषधी कस्तो हुन्छ पिठोको डल्लो, त्यसकारण यो हाम्रो भाष्य जुन छ यो धेरै दर्दनाक छ । स्वास्थ्य कहीले पनि गुणस्तरहीन हुन सक्दैन । उपचार पद्धतीमा नै गुणस्तरको कुरा गर्नुपर्ने अवस्था भएपछि यहाँ समस्या छ भन्ने कुरा बुझ्नु पर्छ । त्यसकारण गुणस्तरियतामा कही कतै सम्झौता नहुने गरी यसको क्षमता जति छ त्यती जनशक्ति उत्पादन गर्ने स्वीकृति दिनुपर्छ ।’

यसको साथै, उनले स्वास्थ्य क्षेत्रमा धेरै विकास भएपनि नागरिकको अनुभूतिमा विकास भएको महशुस हुन नसकेको बताए । उनले भने, ‘हामी थुप्रै राजनीतिक दलले समाजवादको कुरा गर्छौ । आम नागरिकले उपचारमा सर्वसुलभता, सन्तुष्ट हुन पाउने गरी उपचार सेवा, सस्तो र नसक्नेले निःशूल्क सेवा लिन सक्ने अवस्था बनेको छ त यस्ता ठूला संरचनाहरु बनेको छ, स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको छ । तर नागरिकको अनुभूतिमा विकास भएको महशुस हुन सकेको छैन् । यसको लागि मैले भन्दै आएको कुरा बीमालाई व्यवस्थित गरौं ।’ 
 

ADV

सम्बन्धित खबर

Advertise