२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको साधारण सभा सम्पन्न

hardik ivf
मध्यान्ह
२०८१ फागुन १३ गते २१:०८
नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको साधारण सभा सम्पन्न

काठमाडौं : नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले ११औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले लगानी प्रवद्र्धन, पर्यटन क्षेत्रको विस्तार र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ ।

यस्तै, नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पु¥याएको भन्दै राजेशकाजी श्रेष्ठ र मानार्थ वाणिज्यदूत प्रतिमा पाण्डेलाई सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको थियो । साथै अशंक शमशेर जंबरालाई २०२४ का ‘वर्षको उत्कृष्ट सदस्य’को रूपमा सम्मानित गरिएको थियो ।

कार्यक्रममा संघका संरक्षक राजेश काजी श्रेष्ठ मुख्य अतिथी थिए । यस्तै, कार्यक्रममा संघका अध्यक्ष सञ्जय अग्रवाल, नेपालका लागि इटालीका मानार्थ वाणिज्यदूत प्रतिमा पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष अरनिको राजभण्डारी, उपाध्यक्ष रुपक राजवंशी, उपाध्यक्ष मनोज कुमार ज्ञवालीलगायत प्रतिष्ठित संघ सदस्यहरूको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष अग्रवालले नेपाल–इटालीबीचको राजनीतिक तथा आर्थिक सम्बन्ध जुन ३१ अगस्ट १९५९ मा स्थापना भएको बताए । उनले नेपाल–इटालीबीच ६ दशकभन्दा लामो व्यापारिक सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गरिने लक्ष्यमा संघको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

ADV

सम्बन्धित खबर

Advertise