२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

‘भिभो एक्स–२०० प्रो’ नेपालमा सार्वजनिक

hardik ivf
मध्यान्ह
२०८१ फागुन १३ गते २१:१०
‘भिभो एक्स–२०० प्रो’ नेपालमा सार्वजनिक

काठमाडौं : चिनियाँ मोबाइल ब्राण्ड भिभोले ‘भिभो एक्स २०० प्रो’ सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी उक्त फोन सार्वजनिक गरिएको हो । विशेषगरी प्रविधिको उच्चतम प्रयोग गर्नेका लागि यो फोन उपयुक्त हुने कम्पनीले बताएको छ । 

फोनमा २०० मेगापिक्सलको जाइस् एपिओ क्यामरा जडान गरिएकाले जुम गरिएको फोटो भिडिओ समेत राम्रो आउँछ । फोनमा भएको प्रोर्टेट, हाइपरजुम, म्याक्रो नाइटस्केप र सनसेट मोड लगायतका फिचरले गुणस्तरीय फोटो खिच्न सघाउने कम्पनीले जनाएको छ ।

यो स्मार्टफोनमा मिडियाटेक डाइमेन्सिटी ९४०० चिपसेट प्रयोग गरिएको र ६ हजार एमएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ । साथै ९० वाट फ्ल्यास चार्जिङ र ३० वाट वायरलेस चार्जिङ सुविधा छ । फोनमा गुगल जेमिनी एआई प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ । 

प्रि–बुकिङ गर्ने ग्राहकले दश हजार रुपैयाँसम्म क्यासब्याक सुविधा पाउने जनाइएको छ । यो अफर फागुन २० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise