काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको छ । एचआरएम नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा सो कम्पनी कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो । यस अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट सिटिजन लाइफले सो अवार्ड जित्न सफल भएको हो ।
नेपाली बीमा कम्पनीहरूको वित्तीय विवरण, सूचांकहरू, सुशासन, आदि अध्ययनका आधारमा सिटिजन लाइफ उत्कृष्ट कम्पनीको रूपमा पुरस्कृत भएको हो । मंगलबार आयोजित समारोहका बीच सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलका साथै नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बीसीलाई आयोजकका तर्फबाट अवार्ड प्रदान गरिएको थियो ।