२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

शिवरात्रिमा चन्दगिरि केबलकारमा ५० प्रतिशत छुट

hardik ivf
मध्यान्ह
२०८१ फागुन १३ गते २१:१२
शिवरात्रिमा चन्दगिरि केबलकारमा ५० प्रतिशत छुट

काठमाडौं : चन्द्रागिरि भालेश्वर महादेव मन्दिरमा महाशिवरात्रि विशेष भक्तिमय उत्सव हुने भएको छ । महाशिवरात्रिमा चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न चन्द्रागिरि हिल्सले जनाएको हो । 

महाशिवरात्रिको दिनभर भालेश्वर मन्दिरपरिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत सञ्चालन हुने कम्पनीले जनाएको छ । साथै, हिल्सकाअनुसार सो शिवरात्रिको दिन साँझ ५ बजेपछि विशेष महाआरती हुनेछ । महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ९ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत छुट समेत गरिएको कम्पनीको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise