२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

नेपाली फिल्म महोत्सवको तेस्रो संस्करण इंग्ल्यान्डमा हुँदै

hardik ivf
मध्यान्ह
२०८१ फागुन १४ गते १२:३१
नेपाली फिल्म महोत्सवको तेस्रो संस्करण इंग्ल्यान्डमा हुँदै

काठमाडौं : विगत ३ वर्षदेखि लण्डनमा आयोजना हुँदै आएको नेपाली फिल्म महोत्सवको तेस्रो संस्करण इंग्ल्यान्डमा आयोजना हुँदैछ ।  थर्ड आईको आयोजनामा आउँदो मे अन्तिम साता फिल्म महोत्सवको तेस्रो संस्करण लन्डनस्थित नेपाली बाहुल्य राज्य इंल्यान्डमा आयोजना हुने भएको हो । 

आइतबार लण्डनमा पत्रकार सम्मेलनमा आयोजना गरेर बेलायतमा नेपाली कला र चलचित्रको प्रवर्धनात्मक उद्देश्यले आयोजित महोत्सवको तेस्रो संस्करणमा सन् २०२४ जनवरीदेखि डिसेम्बरसम्म निर्माण भएका मध्येबाट उत्कृष्ट ५ चलचित्र प्रदर्शन गरिने जानकारी दिइयो ।

संसारभरबाट आवेदन गरिएका नेपाली भाषा वा नेपाली सबटाइटलका फिल्ममध्येबाट जुरीले छनोट गर्ने ५ वटा फिल्म देखाइने र समापनमा कलाकारहरुलाई विशेष सम्मान गरिने आयोजकले बताएको छ । महोत्सवमा करिब १५ जना कलाकार नेपालबाट सहभागी हुने लक्ष्य राखिएको छ । 

थर्ड आईका संस्थापक निर्देशक विकास देवकोटाले नेपाली सिने क्षेत्रको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, नेपाल र बेलायतका कलाकारबीच सम्बन्ध अभिवृद्धि र बेलायतमा रहेका नेपाली प्रतिभाहरुका लागि ‘प्लेटफर्म’ प्रदान गर्नका निम्ति यस महोत्सवले सेतु ब्रीजका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकोस् भन्नेतर्फ आयोजक सुरुवाती संस्करणबाट नै गम्भीर रहँदै आएको बताए । गत वर्ष ८ सय ४० वटा फिल्मले आवेदन दिएको यस फिल्म फेस्टिभलमा सहभागी हुन यस वर्ष पनि आवेदन खुला गरिसकिएको छ ।

प्रजेश श्रेष्ठ मिडियो संयोजक रहेको यस  महोत्सवका लागि आउँदो २५ मार्चसम्म आवेदनको समय सीमा तोकिएको छ ।  श्रेष्ठका अनुसार आवेदन दिन इच्छुकहरुले FilmFreeway.com र FilmFestivalLondon.com.uk मार्फत आवेदन दिन सक्नेछन् भने सबै उमेर समूह सहभागी हुन सक्ने व्यवस्था रहेको छ । 

निर्देशक देवकोटाले महोत्सवको समापन समारोह मे ३१ तारिकका दिन इंग्ल्यान्डस्थित ग्रीनफोर्ड टाउन हलमा गरिने तय भएपनि अन्य मिति र स्थान छिट्टै तय गरिने जानकारी दिए । प्रवेश शुल्क केहि दिनमा सार्वजनिक गर्ने बताइएको छ ।

पत्रकार सम्मेलनमा आयोजक टिमका तर्फबाट पार्टनरसीप कोअर्डिनेटर एवं एनआरएनए युकेका पूर्वअध्यक्ष सुनिल खड्काले नेपाली कला, संस्कृति, साहित्य, भाषा जोगाउने जिम्मेवारी विदेश बस्ने नेपालीलाई महसुस हुनुपर्ने बताउँदै सहभागितामूलक सहकार्यका लागि लण्डनबासी नेपालीहरुलाई अनुरोध गरेका छन् । 

अनिल बस्नेत, सुवसिंह गुरुङ, प्रशान्त खड्कालगायत रहेको यस वर्षको फिल्म महोत्सव आयोजक कमिटीले नेपालबाट चर्चित तथा नयाँ कलाकार र फिल्मकर्मीहरू महोत्सवमा सहभागी गराउने तथा बेलायतमै रहेका नेपाली फिल्मकर्मीहरूको पनि उल्लेखनिय उपस्थिति गराउने लक्ष्य राखेको छ । प्रोजेक्ट लिडर ओजेश सिंहले महोत्सव सफल बनाउन नेपाली समुदायलाई आग्रह गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise