२०८१ फागुन १५ गते बिहिवार / Feb 27 , 2025 , Thursday
२०८१ फागुन १५ गते बिहिवार
Ads

बिवाईडी हाई–टेक वीक–२०८१ काठमाडौंमा सुरु

hardik ivf
मध्यान्ह
२०८१ फागुन १४ गते २०:४२
बिवाईडी हाई–टेक वीक–२०८१ काठमाडौंमा सुरु

काठमाडौं : नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिको आयोजनामा बिवाईडी हाई–टेक वीक २०८१ सुरु भएको छ । फागुन १८ गतेसम्म सञ्चालन हुने सो वीक काठमाडौंको होटल एभरेष्टमा सञ्चालन भएको छ । 

यस कार्यक्रमले आगन्तुकहरूलाई नयाँ ऊर्जा सवारी र दिगो प्रविधिहरू नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीको दाबी छ । बिवाईडी हाई–टेक वीक २०२५ केवल प्रदर्शनी मात्र नभई, ईभी प्रविधि, एआई एकीकरण र नयाँ ऊर्जा समाधानहरूको महत्वपूर्ण मञ्चको रूपमा प्रस्तुत गरिएको छ । यस कार्यक्रमले उद्योग व्यवसायी, ईभी बिक्रेता, प्रविधि प्रेमी र सर्वसाधारणलाई समेटेको छ ।

कार्यक्रममा सहभागीहरूले बिवाईडीको को ब्लेड ब्याट्री प्रविधि, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, इ–प्लेटफम ३.०, डुअल मोड अफ–रोड, उन्नत चालक सहायता प्रणाली (एडास) र गाडीभित्रको एआईलाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन् । साथै, नेक्स्ट–जेन सवारी प्रदर्शन, बिवाईडीका आउँदै गरेका ईभी मोडेलहरूको अवलोकन गर्न र तिनको कार्यक्षमता तथा दिगोपन सम्बन्धी नवीनतम प्रविधिहरू बुझ्ने मौका पनि पाउनेछन् ।

वीकमा स्मार्ट मोबिलिटीको भविष्यबारे वास्तविक–समय प्रविधि प्रदर्शनका लागि डेमोन्स्ट्रेसन पनि हुनेछ । यसका अलावा, ईभी प्रविधि र नयाँ ऊर्जा सवारीको भविष्यबारे उद्योगका अग्रणी विज्ञ, इन्जिनियर र दिगोपन अभियानकर्ताहरूबाट विशेषज्ञ प्रवचन र प्यानल छलफल हुने बताइएको छ । कार्यक्रममा नयाँ उत्पादनहरूको अनावरण पनि हुने, बिवाईडीका नयाँ मोडेलहरू र आउँदै गरेका नवीनतम प्रविधिहरू सर्वप्रथम अवलोकन गर्ने विशेष अवसर प्रदान गरिनेछ ।

ADV

सम्बन्धित खबर

Advertise