२०८१ फागुन १५ गते बिहिवार / Feb 27 , 2025 , Thursday
२०८१ फागुन १५ गते बिहिवार
Ads

विदेश पठाइदिन्छु भन्दै ठग्ने ३ पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ फागुन १४ गते २१:०६
विदेश पठाइदिन्छु भन्दै ठग्ने ३ पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू हुँदै अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १ घर भई ललितपुर महालक्ष्मी नगरपालिका– ४ बस्ने २४ वर्षीय मनीषराज खड्का, रुकुम पश्चिमको मुसिकोट नगरपालिका– २ घर भई काठमाडौं टोखा नगरपालिका– ३ बस्ने २७ वर्षीय मधुकुमार खड्का र ३४ वर्षीय वीरेन्द्र खड्का छन् । 

उनीहरूले अमेरिका पठाइदिछु भन्दै २ जना पीडितबाट १ करोड ४४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनीषराजलाई काठमाडौं महानगरपालिका– ९ बाट तथा मधुकुमार र वीरेन्द्रलाई काठमाडौंको टोखा नगरपालिका– ८ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise