२०८२ भदौ २७ गते शुक्रवार / Sep 12 , 2025 , Friday
२०८२ भदौ २७ गते शुक्रवार
Ads

कुलमानले बुझाए स्पष्टीकरणको जबाफ- 'मलाई पदबाट हटाउने अधिकार मन्त्री र मन्त्रालयलाई छैन'

shivam cement
मध्यान्ह
२०८१ फागुन १५ गते १३:२९
कुलमानले बुझाए स्पष्टीकरणको जबाफ- 'मलाई पदबाट हटाउने अधिकार मन्त्री र मन्त्रालयलाई छैन'

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जामन्त्री दीपक खड्काले सोधेको स्पष्टीकरणको जबाफ दिएका छन् ।

बुधबार मन्त्री खड्काले २४ घण्टे स्पष्टीकरण सोधेपछि घिसिङले आज स्पष्टीकरणको जबाफ दिएका हुन् । उनले आफूलाई पदबाट हटाउने अधिकार मन्त्री र मन्त्रालयलाई नभएको जबाफ दिएका छन् ।

कुलमानले बुझाएको स्पष्टीकरणमा उल्लेख छ, ‘म नेपाल सर‌कार मन्त्रिपरिषदको मिति २०७८।०४।२५ को निर्णायानुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ (१) बमोजिम ४ वर्षको निम्ति नियुक्त भएको हुँ । निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार कानुन व्याख्‍यासम्बन्धी ऐन, २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्‍चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची -१ को क्र.सं. ३३) र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा सर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २४ बमोजिम मन्त्रालयलाई नभएको व्यहोरा पुनः निवेदन गर्दछु ।’


ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise