२०८१ फागुन २० गते मङ्गलवार / Mar 04 , 2025 , Tuesday
२०८१ फागुन २० गते मङ्गलवार
Ads

चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण

hardik ivf
मध्यान्ह
२०८१ फागुन १५ गते १८:३९
चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण

काठमाडौंः चीनले बिहीबार लङ मार्च–२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुईवटा भू–उपग्रहलाई अन्तरिक्षमा पुर्‍याएको छ ।

लङ मार्च–२सी क्यारियर चिनियाँ कक्षीय प्रक्षेपण वाहन हो । यसलाई चाङ्ग झेङ्ग २सी (सीजेड–२सी) पी पनि भनिन्छ ।

दिउँसो ३ः०८ मा रकेट प्रक्षेपण गरिएको थियो । उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट  सिवेई गाओजिङ–१ ०३ र सिवेई गाओजिङ–१ ०४ नामक उपग्रहहरूको जोडीलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा प्रक्षेपण गरियो ।

यो लङ मार्च शृङ्खलाका रकेटहरूको ५६१औँ उडान अभियान थियो । सिन्ह्वा

ADV

सम्बन्धित खबर

Advertise