२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नेपालमा लगानी बढाउन इजरायलका राजदूतमार्फत ढकालको आग्रह

Nada
२०८१ फागुन १५ गते २१:१०
Shares
नेपालमा लगानी बढाउन इजरायलका राजदूतमार्फत ढकालको आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले इजरायलका राजदूतमार्फत नेपालमा लगानी गर्न इजरायली लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससँग बिहीबार भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले सो आग्रह गरेका हुन् । 

ncell

भेटका अवसरमा दुई देशबीच आपसी सम्बन्ध सुधार, आर्थिक विकास तथा व्यापार प्रवद्र्धनका विषयमा छलफल भएको थियो । नेपालको कृषि क्षेत्रको विकास एवं नेपाली युवाहरूलाई रोजगारी प्रदान गर्ने विषयमा इजरायले लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै अध्यक्ष  ढकालले यो सम्बन्धलाई थप प्रभावकारी बनाउनेगरी सहकार्य गर्न राजदूत बास समक्ष आग्रह गरे । 

‘नेपालको कृषि, पर्यटन उर्जा तथा सूचना प्रविधि क्षेत्रमा लगानीका प्रशस्त सम्भावनाहरू रहेका छन्, उद्योग र व्यापारमा भएका यी सम्भावनाहरूबाट दुवै देशले फाइदा लिन सक्छन्, तसर्थ म इजरायली लगानीकर्तालाई राजदूत मार्फत् नेपालमा लगानीका लागि आग्रह गर्छु’, उनले भने ।  

भेटमा इजरायली राजदूत श्मुलिक आरी बासले नेपाल र इजरायबीच लामो सम्बन्ध रहि आएको चर्चा गर्दै आफ्नो कार्यकालमा नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ताजा खबर

सम्बन्धित खबर