२०८१ फागुन १६ गते शुक्रवार / Feb 28 , 2025 , Friday
२०८१ फागुन १६ गते शुक्रवार
Ads

विजय लघुवित्तको सहयोगमा ३ दिने स्वास्थ्य शिविर

hardik ivf
मध्यान्ह
२०८१ फागुन १५ गते २१:१४
विजय लघुवित्तको सहयोगमा ३ दिने स्वास्थ्य शिविर

काठमाडौं : विजय लघुवित्त वित्तीय संस्थाको सहयोगमा आफ्ना ग्राहक सदस्यहरूलाई लक्षित गर्दै सिरहाको धनगढीमा स्वास्थ्य शिविर सञ्चालन भएको छ । विभिन्न प्रकारका क्यान्सर रोगको प्रारम्भिक पहिचान गर्ने तथा रोकथाम गर्न नागरिक सचेत गराउने उद्देश्यका साथ ३ दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो । मुुलतः महिलाहरूको पाठेघरको क्यान्सरको प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा नाक, कान, घाँटीसहित स्त्रीरोग सम्बन्धी सेवा समेत उपलब्ध रहेको छ ।

फागुन १५ देखि १७ गते ३ दिनसम्म चल्ने सो स्वास्थ्य शिविर बिहीबारबाट सुरु भएको छ । सुरुकै दिन करिब २ सय स्थानीय महिलाले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य शिविर उद्घाटन गर्दै धनगढी माइ नगरपालिकाका मेयर शिवशंकर महतोले आफ्नो क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर महत्वपूर्ण सहयोग गरेको भन्दै विजय लघुवित्तलाई धन्यबाद दिएका थिए । वित्तीय संस्थाहरूले यस्ता कार्यक्रम आयोजना गर्नु आँफैमा सुखद पक्ष रहेको भन्दै उनले आफ्नो पालिकाका धेरै महिला दिदीबहिनीहरूले शिविरबाट लाभ लिनेमा आफू विस्वस्त रहेको बताए । 

विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्सालले संस्थाले वित्तीय सेवामात्रै नभएर समय–समयमा सामाजिक कार्यहरू समेत गर्दै आएको भन्दै विगतमा पनि आफूहरूले यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको बताए । कार्यक्रममा विशेषज्ञ चिकित्सक डा. विवेक कँडेल र अयोध्या पाठकले शिविरमा उपलब्ध हुने प्राविधिक पक्षबारे जानकारी गराएका थिए । विजय लघुवित्तले विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र धनगढीमाई नगरपालिकाबीच समन्वयमा स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise