काठमाडौं : ‘एमएडब्लु इभी कार्निभल’ १८ फागुनदेखि काठमाडौंमा आयोजना हुने भएको छ । नेपालमा दिपाल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालको सबैभन्दा ठूलो ईभी कार्निभल आयोजना गर्ने भएको हो ।
यो कार्यक्रम काठमाडौं उपत्यकाको अमरपाली बैंक्वेट, नक्सालमा फागुन १८ देखि २१ गतेसम्म बिहान ११ देखि साँझ ६ बजेसम्म दैनिक सञ्चालन हुने जनाइएको छ । साथै, उपत्यका बाहिरका सम्बन्धित शोरुममा पनि यो कार्निभल आयोजना हुनेछ । विराटनगरमा यो कार्यक्रम कञ्चनजंघा बैंक्वेटमा आयोजना हुनेछ । चार दिनसम्म चल्ने नेपालकै ठूलो इभी कार्निभल ग्राहकले पछिल्लो समय नेपालमा निकै रुचाइएको र चर्चा कमाइरहेको दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नुका साथै अभूतपूर्व अफरको फाइदा उठाउँदै इभी खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीकाअनुसार यो एक्सक्लूसीभ कार्निभलमा ग्राहकले नेपालमा भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयुभीको अनुभव पनि गर्न सक्नेछन् जुन एउटा सिंगट बटनमा एसयुभीबाट पिकअप ट्रकमा परिणत हुन्छ । साथै, यो कार्यक्रममा ग्राहकले दिपलको चर्चित मोडल एस०७, एस०७एल, एल०७का साथै नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्न सकिनेछ ।
एमएडब्लु वृद्धि इभी कार्निभलमा ग्राहकले हरेक इभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्री ७ किलोवाट चार्जर र एसेसोरिज, फ्री रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाइनेछ । ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालू पनि पाइनेछ । यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालूएसनमा पनि ग्राहकले उपहार पाइनेछ ।