काठमाडौं : नेशनल लाइफ इन्स्यारेन्स कम्पनीको ३८औं वार्षिकोत्सव सम्पन्न भएको छ । कम्पनीले विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव सम्पन्न गरेको हो । वार्षिकोत्सवको कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले मातृ नेपाल बालगुह तारकेश्वरलाई आर्थिक सहयोग गरेको छ ।
कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरूले विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरूमा सहयोग गरेको कम्पनीले जनाएको छ । कम्पनीले कर्मचारीहरूलाई आन्तरिक क्रियाकलापमा सहभागी गराई शारिरीक तथा मानसिक रूपमा सवल र सक्षम बनाउने उद्देश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिता गरेको छ । जसमा पुरुष तर्फ क्रिकेट, पुरुष तथा महिला तर्फ फुटसल, ब्याडमिण्टन र वुद्धीचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिता जस्ता खेलहरू रहेका छन् ।
वार्षिकोत्सव कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले नृत्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई मायाको चिनो तथा खेलकुद प्रतियोगिताका विजेतालाई पदक तथा प्रमाण पत्र र रक्तदान गर्ने कर्मचारीहरूलाई प्रमाण पत्र प्रदान गरेका थिए ।