काठमाडौं : गरिमा विकास बैंक लिमिटेड ‘दी एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२४’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले आयोजना गरेको अवार्ड समारोहमा २२ विधा मध्ये गरिमा विकास बैंकलाई ‘कर्पोरेट एक्सेलेन्स २०२४ इन डेभलपमेन्ट बैंक, रिजनल बैंक एन्ड फाइनान्स कम्पनी’ विधामा उक्त अवार्ड प्रदान गरिएको हो ।
प्राप्त अवार्डले ग्राहकलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पुर्याएको मूल्यांकन बैंकले जनाएको छ । सम्मानले आगामी दिनमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको बैंकको भनाइ छ । बैंककाअनुसार उक्त अवार्डको जुरी मेम्बरमा प्राडा फत्तबहादुर केसी, सशिन जोशी, सरिता अधिकारी र दिलभूषण पाठक रहेका थिए ।