२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

सडक निर्माणको माग गर्दै सडक बन्द

draupadi film
मध्यान्ह
२०८१ फागुन १७ गते १७:०२
सडक निर्माणको माग गर्दै सडक बन्द

राजविराज : सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीय बासिन्दाले राजविराज– हनुमाननगर–भारदह सडक शनिबार बन्द गरेका छन् ।

स्थानीयले सडक अवरुद्ध गरेपछि यो सडक भएर सञ्चालन हुने गाडि रोकिएका थिए । निर्माणका लागि तोकिएको समय सकिएको र थपिएको म्याद सकिन लाग्दा पनि सडक निर्माणमा तदारुकता नदेखिएपछि सडक अवरुद्ध गर्नुपरेको स्थानीयले बताएका छन् ।

यसअघि सडक निर्माणको माग गर्दै तोपा र मंसापुरमा पनि पटक–पटक स्थानीयले अवरुद्ध गरेका थिए । सडक डिभिजन कार्यालय लहानले गरेको टेन्डरअनुसार साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालि शम्भुनाथ सप्तरीले २५ करोड ७१ लाख ४६ हजार रुपैयाँमा ठेक्का कबोल गरी २३ असार २०७९मा निर्माणको सम्झौता गरेको थियो ।

असार २०८१ भित्र निर्माण सक्नुपर्ने सडक सुरु भए पनि कामले गति लिन सकेन । कार्यालयले फेरि १ वर्षको ठेक्का म्याद थप गरेको थियो । म्याद थपपछि पनि ठेकेदारले काममा भने तीव्रता दिएका छैनन् । यस सडकको अहिलेसम्म भौतिक प्रगति १५ प्रतिशत मात्र भएको छ । थपिएको म्याद सकिनै झन्डै साढे ४ महिना बाँकी रहँदा १५ प्रतिशत मात्र काम हुनुले सडक निर्माणको सुस्ततालाई प्रस्ट्याएको छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise