२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

मध्यान्ह प्रभाव : बर्दिबासका ५ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

draupadi film
मध्यान्ह
२०८१ फागुन १७ गते १७:२५
मध्यान्ह प्रभाव : बर्दिबासका ५ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

काठमाडौं : महोत्तरीको बर्दिबासमा अनधिकृत रूपमा सञ्चालित ५ वटा अस्पताल बन्द गर्न मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् । बर्दिबासका ८ अस्पतालको अनुगमनका क्रममा ५ वटा अनधिकृत पाइएपछि मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएका हुन् ।

मुद्ययमन्त्री सिंहले पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक प्रालिलाई तत्काल बन्द गर्न निर्देशन दिएका हुन् ।

ती अस्पतालहरूले सेवा सञ्चालन अनुमति नलिएको पाइएको छ । ती अस्पतालहरूलाई कानुनी प्रक्रिया पूरा गरी अनुमति लिएपछि मात्र पुनः सञ्चालन गर्न निर्देशन पनि मुख्यमन्त्री सिंहले दिएका छन् ।

‘सेवा सञ्चालन अनुमतिपत्रबिनै सञ्चालनमा रहेका ती अस्पतालहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएको र विधि र प्रक्रियाअनुसार मापदण्ड पूरा गरी सेवा सञ्चालन अनुमति लिएर मात्र अस्पताल सञ्चालन गर्न भनेका छौं’, मुख्यमन्त्री सिंहले भने ।

अनुगमनका क्रममा महेन्द्र डेन्टल क्लिनिक प्रालिले आवश्यक स्वीकृति लिएको पाइएको छ भने जनसेवा हस्पिटल प्रालि र डी.एन.बी. मेडिकेयर सेन्टर प्रालिलाई सेवा अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिइएको छ ।

केही समययता निजी अस्पताल अनुगमनलाई तीव्रता दिएका मुख्यमन्त्री सिंहले मापदण्डअनुसार भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण र जनशक्ति व्यवस्थापन लगायत पुरा नगरीकनै सञ्चालनमा रहेका अस्पताल बन्द गर्न निर्देशन दिँदै आएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise