२०८१ फागुन २१ गते बुधवार / Mar 05 , 2025 , Wednesday
२०८१ फागुन २१ गते बुधवार
Ads

फुटबलर प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

hardik ivf
मध्यान्ह
२०८१ फागुन १७ गते १९:२८
फुटबलर प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिम तथा एपीएफका मिडफिल्डर प्रीति राईले सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मान प्राप्त गरेकी छन् । योङ स्टार फाउण्डेसनले प्रीतिलाई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मान गरेको हो ।

उनलाई सम्मानसँगै नगद १ लाख रुपैयाँ प्रदान गरिएको छ । योङ स्टार फाउण्डेसनका अध्यक्ष मोहन विक्रम सिंहले प्रीतिलाई सम्मान र अवार्ड प्रदान गरे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको एन्फा वुमन्स लिगमा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा प्रीतिलाई सम्मान गरिएको आयोजकले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँगको सहकार्य सर्वोत्कृष्ट खेलाडी छनोट गरिएको हो ।

राईले एपीएफलाई महिला लिगको यपाधि जिताउन महत्वपूर्ण प्रदर्शन गरेकी थिइन् । उनी राष्ट्रिय टिम र एपीएफको महत्वपूर्ण सदस्यको रुपमा छन् ।
 

ADV

सम्बन्धित खबर

Advertise