२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

पेशागत महासंघ नेपालको कर्णाली भेला सम्पन्न

Nada
२०८१ फागुन १७ गते २०:३९
Shares
पेशागत महासंघ नेपालको कर्णाली भेला सम्पन्न

काठमाडौं : पेशागत महासंघ नेपाल कर्णाली प्रदेश समितिको भेला जाजरकोट छेडागाड नगरपालिका २ को सुयाडामा सम्पन्न भएको छ । 

ncell

कर्णाली प्रदेश समिति अध्यक्ष खमबहादुर थापाको अध्यक्षतमा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं जाजरकोट जिल्ला इन्चार्ज कृष्णकुमार वि.सीको प्रमुख आतिथ्यता रहेको थियो ।

फागुन १५ र १६ गते भएको भेलामा कर्णाली प्रदेशसभा सदस्य एवं समितिका सभापति कल्याणी खड्का, पेसागत महासंघ नेपालका राष्ट्रिय समिति उपाध्यक्ष किशोर नेपाली, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका केन्द्रीय उपाध्यक्ष भिमबहादुर विष्ट, महासचिव प्रकाश राई, सचिव तिर्थराज जिसी, कमलबहादुर विश्वकर्मा, पेशागत महासंघ नेपाल राष्ट्रिय समितिका सदस्य अमृता रावत, दिपा थापा र कृषि तथा पशुपंक्षी पेशाकर्मी एसोसिएशन नेपालका केन्द्रीय महासचिव कृष्णबहादुर विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा दैलेख,जाजरकोट, सुर्खेत, मुगु, सल्यान र रूकुम पश्चिमबाट पेशागत महासंघमा आबद्ध घटक संस्थाका करिब ६० जनाको सहभागिता रहेको थियो । 

भेलाबाट एकीकृत सरकारी कर्मचारी संगठन कर्णाली प्रदेश समितिको पुनर्गठन भइ अध्यक्षमा देवबहादुर बुढा र महासचिवमा विरेन्द्र मल्ल निर्वाचित भएका छन् । 

भेलाले सबै जिल्लामा एक महिनाभित्र विस्तारित बैठक सम्पन्न गरी घटक संस्थाहरूको गठन तथा पुनर्गठन गर्ने निर्णय भएको छ । 

ताजा खबर

सम्बन्धित खबर