२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

‘कानुन अभावले स्थानीय सरकारलाई समस्या’

Nada
२०८१ फागुन १७ गते २१:०८
Shares
‘कानुन अभावले स्थानीय सरकारलाई समस्या’

बालाराम शेर्पाली/मध्यान्ह

ncell

रुकुमपूर्व : लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले देश संघीयतामा प्रवेश गरेपनि कानुनहरूको अभावले स्थानीय सरकारलाई काम गर्न कठिनाइ भएको बताएका छन् । 

शनिबार हिमाली जिल्ला रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा आयोजित ‘प्रदेश सरकारसँग स्थानीय सरकारका कानुन निर्माण सम्बन्धी सहकार्य कार्यक्रम’ मा बोल्दै सभामुख घर्ती मगरले कानुन निर्माणका प्रक्रियाहरू स्थानीय सरकारको कार्यमा अवरोध रहेको बताए । 

घर्ती मगरले संघीय सरकार स्थापना भएको ७ वर्षपछि पनि पुराना कानुनहरू लागू हुँदा जनतालाई कठिनाइ भएको बताए । अब भने लुम्बिनी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रियालााई तीव्र रुपमा समस्याको समाधान गर्न पहल कदमी र लागि गरिरहेको उनले बताए । 

उक्त कार्यक्रमले स्थानीय सरकारका समस्याहरू बुझ्न र प्रदेश सरकारले आवश्यक कानुन बनाउन मद्दत पुर्‍याउने उद्देश्य राखिएको घर्तीले बताए ।

ताजा खबर

सम्बन्धित खबर