२०८१ फागुन २१ गते बुधवार / Mar 05 , 2025 , Wednesday
२०८१ फागुन २१ गते बुधवार
Ads

आइपुगे भेट्रान विश्वकप विजेता बफोन

hardik ivf
मध्यान्ह
२०८१ फागुन १८ गते १६:०१
आइपुगे भेट्रान विश्वकप विजेता बफोन

काठमाडौ : काठमाडौंमा जारी केपी ओली कप फुटबल प्रतियोगिता हेर्न फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आइपुगेका छन् ।

विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक बफोन केपी ओली कप फुटबल प्रतियोगिताको हेर्न आइतबार नेपाल आइपुगेका हुन् ।

प्रतियोगिताका आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेसहितले बफोनलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । केपी ओली कपको तेस्रो संस्करण गत आतबारदेखि जारी छ । यसको फाइनल खेल सोमबार दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल बफोनले दशरथ रंगशालामा हेर्नेछन् ।

बफोनअघि ब्राजिलका स्टार फुटबलर रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई ल्याउने प्रस्ताव भएको थियो । तर उनीहरू नआउने भएपछि बफोनलाई ल्याइएको हो ।

बफोन नेपाल टेक्नेमा विश्व फुटबलकै ठूला नाममध्ये एक भएका छन् । सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटलीका लागि ८० खेलमा कप्तानी गरेका थिए ।

बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार ५ विश्वकप खेलेका थिए । केपी ओलीकपको तेस्रो संस्करणमा दुई विदेशी ९ टोलीले प्रतिस्पर्धा गरेका छन् ।
 

ADV

सम्बन्धित खबर

Advertise