काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् ।
एन्फाले रोसलाई एक वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
एसियन कप छनोट सुरु हुन झन्डै तीन साताको समय बाँकी रहँदा एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
एन्फाले रसलाई औपचारिक रूपमा आज नियुक्त गरे पनि पछिल्लो केही समयदेखि नेपालमै रहेका थिए ।
म्याटसँग यसअघि दक्षिण कोरियाको महिला टोलीको सहायक प्रशिक्षकको भूमिका निभाएको अनुभव छ । उनमा युथ डेभेलोप्मेन्ट र कोचिङको राम्रो ज्ञान रहेको एन्फाले जनाएको छ ।