२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

केयुका ४ चिकित्सक निलम्बित

draupadi film
मध्यान्ह
२०८१ फागुन १८ गते १७:१५
केयुका ४ चिकित्सक निलम्बित

काठमाडौं : काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका ४ जना चिकित्सक निलम्बन भएका छन् । अस्पतालमा एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीको आत्महत्या दुरुत्साहन कार्यमा संलग्न रहेको आरोपमा धुलिखेल अस्पतालमा कार्यरत ४ चिकित्सकलाई १ साताका लागि निलम्बन गरिएको हो । 

अस्पतालको मनोचिकित्सा विभागका डा.अजय रिसाल, दीपक कुँवर, डा.वर्षा श्रेष्ठ र डा.रिका रिजालले एक विद्यार्थीलाई यातना दिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । उनीहरूलाई १६ फागुनदेखि १ साताका लागि निलम्बन गरिएको छ ।
४ फागुनमा ती विद्यार्थीले आत्महत्याको प्रयास गरेका थिए । घटनाको प्रारम्भिक अनुसन्धानमा ती विद्यार्थीलाई सताउने कार्य गरेको पाइएको छ । 

धुलिखेल अस्पतालको घटनाबारे काउन्सिलले छानबिन समिति गठन गरी थप अनुसन्धान गरिरहेको छ ।

विद्यार्थीले लगाए ताला

विश्वविद्यालयको मेडिकल साइन्सेजको डिन अफिसमा अध्ययनरत रेजिडेन्ट विद्यार्थीले ताला लगाएका छन् । विश्वविद्यालयको मेडिकल साइन्सअन्तर्गत मानसिक रोग विभागमा पढ्ने उचित वातावरण नभएको आरोप लागेको सन्दर्भमा डिन कार्यालयले कुनै छानबिन प्रक्रिया अगाडि नबढाएको आरोप लगाउँदै विद्यार्थीले ताला लगाइदिएका हुन् ।

मानसिक रोग विभाग प्रमुख डा. अजय रिसाल र एसोसिएसट प्रोफेसर डा. दीपक कुँवरले गरेको दुव्र्यवहारका कारण मनोचिकित्सक विषयमा स्नातकोत्तर तहमा अध्ययनरत एक विद्यार्थीले गत साता आत्महत्याको प्रयास गरेसँगै यो विवाद उत्कर्षमा पुगेको हो ।
विद्यार्थीमाथि दुव्यर्वहार गर्ने विभागीय प्रमुख र एसोसिएसट प्रोफेसरलाई कारबाही गर्नुपर्ने विद्यार्थीले विश्वविद्यालयको मेडिकल साइन्सेसको डिन डा. मनोज हुमागाईं र डिन कार्यालयसँग माग राख्दै आएका थिए । काठमाडौं विश्वविद्यालयको मेडिकल साइन्सेसअन्तर्गत अध्ययनरत सबै विभागका रेजिडेन्ट विद्यार्थीले डिन डा. हुमागाईं विश्वविद्यालयमा आइपरेको विषम परिस्थितिमा आफ्नो कार्यालयमा उपलब्ध नभएका कारण पनि आफूहरू विरोधमा उत्रिनुको विकल्प नरहेको बताएका छन् ।

सोही विषयलाई लिएर डिनसँग बैठक बसेको शुक्रबार आठौं दिन भइसक्दा पनि डिनबाट ठोस कदम चाल्न नसकेको र डिनद्वारा देखाइएको पक्षपाती कारबाही र निर्णय प्रक्रियामा ढिलाइ गरेको विद्यार्थीको आरोप छ । डिन हुमागाईंले भने कार्यालयमा ताला लगाइएकोबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

घटनाबारे नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एसोसियसनले धुलिखेल अस्पतालमा पुगेर घटनाबारे जानकारी लिएको छ ।
विभागीय प्रमुख डा. रिसाल र सोही विभागमा कार्यरत एसोसियट प्रोफेसर डा. कुँवर विद्यार्थीलाई पटक–पटक दुव्र्यवहार गरेकाले विद्यार्थीले आत्महत्याको प्रयास गरेको विश्वविद्यालयको मनोचिकित्सक विभागमा अध्ययनरत विद्यार्थीले नै आरोप लगाएका छन् ।

विश्वविद्यालयको मानसिक रोग विषयअन्तर्गत स्नातकोत्तर तहको पहिलो वर्षमा ३ जना, दोस्रो वर्षमा २ जना र तेस्रो वर्षमा २ जना गरी ७ जना रेजिडेन्ट विद्यार्थी छन् । 
 

ADV

सम्बन्धित खबर

Advertise