२०८१ फागुन २० गते मङ्गलवार / Mar 04 , 2025 , Tuesday
२०८१ फागुन २० गते मङ्गलवार
Ads

दम्माममा नेपाली दूतावासको घुम्ती शिविर

hardik ivf
मध्यान्ह
२०८१ फागुन १८ गते २०:२७
दम्माममा नेपाली दूतावासको घुम्ती शिविर

दम्माम, साउदी अरब : साउदी अरबको पूर्वी क्षेत्र दम्माममा नेपाली श्रमिकहरूलाई सेवा प्रवाह गर्न नेपाली राजदूतावास रियादले घुम्ती शिविर आयोजना गरेको छ । १६ र १७ फागुन (२८ र २९ फेब्रुअरी)मा संचालन गरिएको उक्त शिविरमा राहदानी नवीकरण, राहदानी वितरण, नेपाल फर्कन चाहने तथा वैदेशिक रोजगारीका लागि उचित कागजात आवश्यक परेका श्रमिकहरूलाई सेवा प्रदान गरियो ।

राजदूतावासको संयोजनमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साउदी अरब, स्थानीय संघसंस्थाहरूको सहकार्यमा आयोजना गरिएको २ दिने शिविरमा १ हजार ९२ जना नेपाली श्रमिकहरूको ‘लाइभ इनरोलमेन्ट’ गरिएको थियो । ६६९ जनाले राहदानी नवीकरण तथा वितरण सेवा प्राप्त गरे भने ३१ जनाले नेपाल फर्कनका लागि निवेदन दिएका थिए ।

यस शिविरमा १ हजार ८२२ जना नेपाली श्रमिकहरूले उनीहरू कार्यरत स्थानमै सेवा प्राप्त गरेका थिए । यी सेवा प्रवाहबाट राजदूतावासले साउदी रियाल २ लाख १९ हजार ७०० (करिब ८१ लाख नेपाली रुपैयाँ) संकलन गरेको छ ।

नेपाल सरकार तथा नेपाली राजदूतावासको सेवाको पहुँच श्रमिकहरूमाझ पुर्‍याउने उद्देश्यले गरिएको यो घुम्ती शिविर अत्यन्त सफल भएको बताइएको छ । नेपाल फर्कन चाहने श्रमिकहरूका लागि सहयोगी भूमिका निर्वाह गर्ने उद्देश्यले आगामी दिनहरूमा पनि यस्ता शिविर संचालन गरिने जनाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise