२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

प्रहरी नायब महानिरीक्षक कार्कीसहित ३ जना सम्मानित

Nada
२०८१ फागुन १८ गते २०:२९
Shares
प्रहरी नायब महानिरीक्षक कार्कीसहित ३ जना सम्मानित

काठमाडौं : लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीसहित ३ जना सम्मानित भएका छन् । केक्यान नेपालको ५औं साधारण सभा तथा तेस्रो  अधिवेशनका अवसरमा कार्कीसहित ३ जनालाई सम्मान गरिएको हो । 

ncell

सम्मानित कार्कीसहित अधिवक्ता गोविन्द पन्थी, सञ्चारकर्मि जीवन शर्मालाई प्रमुख अतिथि राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

लुम्बिनी प्रदेश प्रहरीले आमनागरिकलाई जनअपेक्षा अनुसारको सेवा प्रदान गरेको, आफ्ना काम पारदर्शी  गर्दा सुशासनमा सहयोग पुगेको, लुम्बिनी प्रदेश अन्तर्गत नेपाल प्रहरीका काम कारबाहीले नेपाल सरकारको राजश्व वृद्धि भएको भन्दै कार्कीलाई सम्मान गरिएको हो ।

यस्तै पूर्व डीएसपी, हाल अधिवक्ता पन्थीले ‘सरोकार केन्द्र’मार्फत समाजसेवा प्रदान एवम् वैदेशिक रोजगारीमा अलपत्र परेकाहरुलाई उद्धार गर्नुका साथै रकमको अभावमा न्यायको पहुँचमा नपुगेकाहरुलाई निःशुल्क कानुनी परामर्श दिइ उत्कृष्ट कार्य गरेको भन्दै ‘समाजसेवा सम्मान’ बाट सम्मानित गरिएको हो । 

त्यस्तै खोजी पत्रकारितामा उल्लेखनीय कार्य गरेको भन्दै सञ्चारकर्मी शर्मालाई सम्मान गरिएको केक्यानका संस्थापक अध्यक्ष गणेश शर्माले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर