२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

कर्णालीका जनताले सौहार्दपूर्ण तरिकाले स्वागत र खानपानको व्यवस्था गरे : विप्लव

draupadi film
कुलेन्द्र शाही
२०८१ फागुन १९ गते ११:४५
कर्णालीका जनताले सौहार्दपूर्ण तरिकाले स्वागत र खानपानको व्यवस्था गरे : विप्लव

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द 'विप्लव'ले कर्णालीका जनताले आफूहरुलाई सौहार्दपूर्ण तरिकाले स्वागत तथा खानपानको व्यवस्था गरेको बताएका छन् । सोमबार वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

कर्णालीका जनताले दिएको उपहारले मात्रै एक गाडी भरिएको महासचिव विप्लवको भनाइ थियो । साथै उनले गफ चुट्ने नेताहरूबाट परिवर्तन सम्भव नभएको बताए । नेपालका नेताहरु अन्य देशहरूसँग भिख माग्ने तर गफ धेरै दिने हुँदा उनीहरूबाट परिवर्तन सम्भव नभएको उनको दाबी छ । 

उनले अहिले जनताहरू आफ्नो जीवन र समाजप्रति सन्तुष्ट नभएको बताउँदै महासचिव विप्लवले जनताहरू आर्थिक क्रान्तिको पक्षमा रहेको हुँदा आफूहरु राजनीतिक कार्यलाई कृषि क्रान्तिमा जोड्नमा अग्रसर भएको बताए । सबै पार्टी र सरकार एकजुट भएर कृषि क्रान्तिमा लागे कर्णालीका डाँडाकाँडा २ वर्षभित्रै ढाकिन सक्ने उनको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise