२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

पाँच करोडको लागतमा पक्की पुल

Nada
२०८१ फागुन १९ गते १२:४१
Shares
पाँच करोडको लागतमा पक्की पुल

गुल्मी : गुल्मीको पनाहा खोलामा रू. पाँच करोड छ लाख लागतमा पुल निर्माण भएको छ । सडक डिभिजन कार्यालय पाल्पाको रू. पाँच करोड छ लाख लागतमा पनाहा खोलामा पक्की पुल निर्माण गरिएको हो ।

ncell

पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकलाई थप राहत मिलेको छ । जिल्लाको रेसुंगा नगरपालिका-४ र इस्मा गाउँपालिका-२ को संगमस्थल पनाहा खोलामा पक्की पुल निर्माण सम्पन्न भएपछि दुई पालिकाबीच आवतजावत गर्न सहज भएको छ ।

पुल निर्माण भएपछि यति बेला त्यस क्षेत्रका नागरिकलाई अब जोखिमपूर्ण यात्रा गर्न नपर्ने भएको छ । पैतीस मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको रहेको पुलको महादेव खिम्ती श्रेष्ठ कन्सट्रक्सन प्रालिले पुल निर्माणको काम सम्पन्न गरेको हो ।

रेसुंगा नगरपालिका-४ देखि इस्माको पालुखा र धुर्कोटको जैसी थोकसम्म पुलले मानिसलाई आवतजावत गर्नका लागि थप सहज बनाएको स्थानीय कमला पन्थीले बताइन्। पक्की पुल नहुँदा बर्सातको समयमा आधा घण्टाको दूरी पार गर्न डेढ घण्टाको लामो बाटो हिँड्नुपर्ने बाध्यता रहेको र पुल बनेपछि सो समस्या समाधान भएको स्थानीय टंकप्रसाद श्रेष्ठले बताए । “अहिले पुल निर्माण भएपछि सबैलाई निकै सजिलो भएको छ, बर्सातको समयमा खोला तर्दा बगाउलाकी भन्ने डर हुन्थ्यो, अब निकै सजिलो भयो,” उनले भने ।

ताजा खबर

सम्बन्धित खबर