२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

देशको अस्तित्व जोगाउनु पहिलो दायित्व : माधव नेपाल

Nada
२०८१ फागुन १९ गते १३:१५
Shares
देशको अस्तित्व जोगाउनु पहिलो दायित्व : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विश्वको परिस्थिति नसोचेको ढंगबाट अघि बढिरहेकाले देशको अस्तित्व जोगाउनु पहिलो दायित्व भएको बताएका छन् ।

ncell

आइतबार बागमती प्रदेश कमिटीको प्रथम पूर्ण बैठक तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संसार गतिशील भइरहेको, तर हाम्रो दिमाग स्थिर रहेको भन्दै डाइनामिक हुनुपर्ने बताए ।

‘विश्वको अहिलेको परिस्थिति नचिताउने ढंगबाट अघि बढिरहेको छ । त्यसकारण अहिले हामीले गम्भीरताका साथ देशको अस्तित्व जोगाउनु पहिलो हुन जान्छ’, अध्यक्ष नेपालले भने, ‘देशको गरिमाको रक्षा दोस्रो कुरा, देशको राष्ट्रिय हितको संरक्षण गर्ने तेस्रो कुरा हो ।’

नेपाल दुई ठूला देशको बीचमा रहेको र दुबै देशका आ-आफ्ना संवेदनशीलता रहेको भन्दै त्यो संवेदनशीलतालाई ध्यान दिँदै सन्तुलित सम्बन्ध राख्नुपर्ने आवश्यकता रहेको अध्यक्ष नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले मुलुकको अवस्था र आवश्यकता भन्दा बाहिर गएर सरकारले निर्णय गरिरहेको बताए । उनले भने, ‘आज विश्वको राजनीति कुन दिशातिर अघि बढिरहेको छ ? त्यसको बारेमा विश्लेषण नगरिकन मत दिने कुराले राम्रो गर्दैन । आज अमेरिका र रूसबीच घनिष्टता बढिरहेको छ । चीन र भारत तटस्थ बसे । हाम्रो नेपालले युक्रेनको पक्षमा मतदान गर्‍यो । तटस्थ बसेको भए हुने हो ।’ 

ताजा खबर

सम्बन्धित खबर